खैरहनीमा ५ बजेपछि औषधि पसल मात्रै खोल्न पाइने

खैरहनी, २३ चैत

संघीय सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेसँग चितवनको खैरहनी नगरपालिकाले पनि कडाईको रणनीति लिएको छ । लकडाउनको अवज्ञा भईरहेकाले अझ कडाई गर्ने नगरपालिकाको तयारी छ ।

बजार व्यवस्थित गराउन सके स्वत लकडाउनको पालना हुने भएकाले नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिएको छ । स्वास्थ्य क्लिनिक, अस्पताल, मेडिकलमात्रै नियमित खोल्नपर्ने तर अत्यावश्यक मानिएको खाद्यान्न, दूध, कृषि, पोल्ट्री, तरकारी, फलफुलका पसलहरु साँझ ५ बजे पछि बन्द गराउने निर्णय गरिएको नगरपालिकाले सूचना जारी गरेर जनाएको छ । स्वास्थ्य तथा औषधिजन्य बस्तु बाहेकका अन्य भन्नाले खाद्यान्न, दूध, कृषि, पोल्ट्री, तरकारी, फलफुलका पसलहरु विहान ७ बजेदेखी साँझ ५ बजेसम्म खोल्ने र त्यसपछि बन्द गर्नुपर्नेछ । अन्य कुनै पनि पसलहरु कुनै पनि समयमा खोल्न पाईनेछैन ।

खैरहनी नगरपालिकाले अत्यावश्यक कामबाहेक अन्य काममा ननिस्कन आग्रह गरेको छ । त्यस्तै अत्यावश्यक सामान यथासम्भव आ-आफ्नो वडामा रहेका पसलबाटै खरिद गर्ने, पसलहरुले सामान खरिद गर्दा ग्राहकहरुलाइ एक मिटरको दूरीमा राखेर बिक्री गर्नुपर्ने, प्रत्येक पसलमा बिक्रेताले माक्स र पन्जाको प्रयोग गर्ने र साथै पसलमा आउने ग्राहकहरुको प्रयोगको लागि सेनिटाइजर वा साबुन पानीको व्यवस्था गर्नुपर्ने, कुनै संघ, संस्था वा व्यक्तिले असाहाय व्यक्ति वा परिवारलाइ सहयोग गर्ने नाममा मानिस जम्मा गर्ने, खाना, खाजा खुवाउने कार्य गर्न पूर्ण निषेध गरिएको छ । त्यस्ता संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा नगरपालिकाको स्थानीय विपद व्यवस्थापन कोषमा जम्मा गर्न समेत आह्वान गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट