सरकारी क्वारेनटाईन खाली,घरमै निगरानी

भरतपुर, २३ चैत

चितवनका स्थानीय तहले निर्माण गरेको क्वारेनटाईन खाली अवस्थामा छ । जिल्लाको माडी नगरपालिका बाहेक अन्य पालिकाले तयारी अवस्थामा राखिएको भनिएका क्वारेनटाईन मान्छे नआएर खाली रहेको हो ।

माडी नगरपालिकाले बनाएको क्वारेनटाईनमा २२ जना वसेकोमा २१ जना समयावधि कटाएर घर फर्किएको नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । अव १ जना क्वारेनटाईनमा छन् । क्वारेनटाईनमा बसेका सवै भारतबाट आएका हुन् । माडी भारतीय सीमासँग जोडिएको नगरपालिका हो । त्यहाँ स्वास्थ्यकर्मी खटाईएको छ । माडीमा विदेशबाट आएका ९० जनाको तथ्यांक रहेको छ । अरु होम क्वारेनटाईनमा बसेका र उनीहरुको घरमै गएर स्वास्थ्य अवस्था बुझ्ने काम भईरहेको प्रमुख ढकालले बताए ।

जिल्लाको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले तयारी अवस्थामा राखेको क्वारेनटाईन प्रयोग भएको छैन । भरतपुर महानगरपालिकाले विभिन्न ठाउँमा गरेर १ सय ७७ कोठाको क्वारेनटाईन बनाएको नगर प्रवक्ता अरुणपीडित भण्डारीले बताए । ती प्राय: खाली छन् । महानगरमै कोरोना विषेश अस्पताल पनि निर्माण गरिएको छ ।

रत्ननगर नगरपालिकालाई सौराहाका होटल व्यवसायीले क्वारेनटाईनका लागि कोठा उपलव्ध गराउने निर्णय गरेका छन् । त्यहाँ एक जना बसेका छन् ।  रत्ननगरमा आईसोलेसन केन्द्र पनि निर्माण गरिएको नगर प्रवक्ता राजेन्द्र हमालले वताए । गुञ्जमान सिंह अस्पताल र रत्ननगर वकुलहर अस्पतालमा २३ वेडको आईसोलेसन केन्द्र निर्माण गरिएको छ ।

खैरहनी नगरपालिकाले बनाएको क्वारेनटाईनमा कोही नवसेपछि विदेशबाट आएकाहरुको घरघरमै पुगेर निगरानी राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । खैरहनीमा ५६ वेडको क्वारेनटाईन तयारी अवस्थामा छ । होम क्वारेनटाईनमै बसेकाहरुलाई आवश्यक सामग्री पुर्याउने समेत व्यवस्था मिलाईएको छ ।

चितवनको राप्ती नगरपालिकाले विदेशबाट आएकाहरुलाई अलग्गै राख्न ३३ वेडको क्वारेनटाईन बनाएको छ । तर अहिले सम्म त्यहाँ कोही बसेका छैनन् । राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालका अनुसार विदेशबाट आएकाहरु कोही पनि अहिले सम्म त्यहाँ बसेका छैनन् ।

जिल्लाको कालिका नगरपालिकाले वाईफाईसहितको १५ वेडको क्वारेनटाईन बनाएको छ । त्यती मात्र नभई सीसी क्यामेराको समेत व्यवस्था गरेको छ । तर त्यहाँ अहिले सम्म कोही बसेका छैनन् । कालिकामा चैत ४ पछि ६० जना विदेशबाट आएको नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले बताए । उनीहरु होम क्वारेनटाईनमै वसेका छन् ।

जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि १९ वेडको क्वारेनटाईन बनाएको छ । तर यसको प्रयोग भएको छैन । विदेशबाट फर्किएका १६ जना भएपनि उनीहरु होम क्वारेनटाईनमै वसेको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताईन् । यहाँ भारतबाट उद्धार गरी ल्याईएको ४६ जना मध्ये ७ जनालाई स्कुलमा क्वारेनटाईन बनाएर राखिएको छ भने अरु होम क्वारेनटाईनमा रहेको अध्यक्ष गुरुङको भनाई छ ।

भरतपुरमा २५० जना ,माडीमा ९० जना,रत्ननगरमा ५६ जना, खैरहनीमा ४१ जना, कालिकामा ६० जना, राप्तीमा ६६ जना र इच्छाकामनामा १६ जना विदेशबाट आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट