कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन अभिनेता शाहरुख खानको प्रस्ताव

काठमाण्डौं, २३ चैत
बलिवुड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा काेराेना भाइरसकाे प्रकाेप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयाेग गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट