प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किए

काठमाडौं, २३ चैत
सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।

सरकारले उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण गर्ने बताएको थियो।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त द्रुत परीक्षण किटको गुणस्तर जाँच्न परिषद्सँग अनुरोध गरिएको प्रेस विज्ञप्ति जारी गरेका थिए। परिषद्ले प्रयोग गर्न योग्य भनेर सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोग गरिनेसमेत उनले उल्लेख गरे।

तर परिषद्का उच्च अधिकारीहरूले आफूसँग द्रुत परीक्षण किटको गुणस्तर जाँच्ने क्षमता नरहेको बताएका छन्। ‘हालसम्म परिषद्को आफ्नो कुनै प्रयोगशाला छैन, न त हामीले नेपालमा कुनै प्रयोगशालालाई मान्यता दिन सकेका छौं,’ परिषद्का एक अधिकारीले भने, ‘किटको विश्वसनीयता जान्न सरकारले डब्लूएचओसँग समन्वय गर्नुपर्छ।’

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले प्रविधि (द्रुत परीक्षण किट) धेरै संवेदनशील भएकाले विश्वसनीय भए मात्र प्रयोग गर्नुपर्ने बताए। ‘हामीले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको प्रविधि र स्वास्थ्य सामग्री मात्र प्रयोग गर्नुपर्छ,’ उनले भने।
(इकान्तिपुर डटकमबाट)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट