कोरोना सम्बन्धी सचेतता अपनाउन आग्रह

गैंडाकोट, २३ चैत

गैंडाकोट नगरपालिका वडा नम्बर ५ को वडा सञ्जालले सम्पूर्ण वडाबासीलाई कोरोना भाइरसले महामारी फैलाइरहेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ । वडा सञ्जालका सचिव गोबिन्दप्रसाद पौडेलले आइतबार एक आग्रह जारी गर्दै सबै टोलबासीलाई सरकारको निर्देशनको पालना गर्न पनि आग्रह गरेका छन् ।

अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै पौडेलले फोनबाट समाधान हुने कामहरुलाई टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै वडा सञ्जाललाई सम्पर्क गर्न आग्रह गरेका छन् । साथै जनचेतना फैलाउने कार्यमा लागिरहन टोल विकास संस्थाका सबै सदस्यहरुलाई अनुरोध गरेका छन् ।

बेलाबेलामा साबुन पानीले हात धुने, योगा तथा अन्य शारीरिक अभ्यास गर्ने, सकारात्मक सोचाइ राख्ने साथै आत्मबल बढाउने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, प्रशस्त मात्रामा नियमित पानी पिउने, अपरिचित व्यक्ति टोलमा आए सजगताका उपाय अवलम्बन गर्नेलगायतका कामहरु गर्न सञ्जालले आग्रह गरेको छ ।

सरकारले जारी गरेको निर्देशनलाई आजसम्म पालना गरेकोमा धन्यवाद दिँदै पौडेलले अन्य सरकारी निर्णय पनि पालना गर्नेमा आफू बिश्वस्त रहेको बताए । साँझ बिहानमा चोक तथा सडकमा हुने चहलपहललाई कम गर्न पनि सचिव पौडेलले आग्रह गरेका छन् । सबैको सहयोग र सहकार्यले कोरोना भाइरसको विश्वव्यापी महामारीमा मानव जातिको विजय हुनेमा आशावादी रहेको सचिव पौडेलले बिश्वास व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट