ब्राजिल पनि बराबरीमै राेकियाे

भरतपुर, ३ असार । दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । […]
साविक विजेता जर्मनी पहिलाे खेलमै मेक्सिकाेेसँँग पराजित

भरतपुर, ३ असार । रसियामा जारी विश्वकपमा विश्वविजेता जर्मनी पहिलाे खेलमै पराजित भएकाे छ । २०१४ काे विश्वकप विजेता जर्मनी भरखरै सम्पन्न खेलमा मेक्सिकोसँग हारेकाे हाे । विश्वकपमा जर्मनीविरूध्द पहिलाे जित निकाल्ने क्रममा उसले १-० काे नतिजा हात पार्याे । मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा गाेल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा […]
अपडेट : नारायणगढ मुग्लिन सडक एकतर्फीमात्र सञ्चालन

३ असार, चितवन । अवरुद्द नारायणगढ मुग्लिन सडकखण्ड साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे मार्गको पहिरोले आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको थियो […]
मौलिक तिज गित ” माइतिको आगन ” दर्शक माझ

राजन दिल गुरुङ असार २ चितवन । मौलिक तीज गीतको पर्खाइमा बसेका दर्शक श्रोता माझ योग्सना म्युजिक प्रा लि ले सुनिता सेन मल्लको सुमधुर स्वोरमा ” माइतिको आगनी ” युट्युब मार्फत रिलिज गरेको छ । विशेष गरि आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ तर सानै देखि गीत गाउने रहर भएको र नेपाली […]
पेट्रोल-डिजेलको मूल्य घट्यो

३ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र मटि्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ […]
पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन , ३ असार ।पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे मार्गको पहिरोले बाटो बन्द भएको हो। आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको हो। पानी परेपछि ठूलो पहिलो जाँदा बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए। पहिरोसँगै रुख र बिजुलीको पोल ढलेपछि पहिरो […]
रोनाल्डो हिरो, मेस्सी जिरो !

कम्तीमा समूह चरणको पहिलो खेलमा देखाएको खेलका आधारमा मेस्सीभन्दा रोनाल्डो धेरै माथि पुगेका छन् । विनोदबाबु रिजाल रसियामा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । हरेक ४ वर्षमा आउने यो महामेलाले कयौं खेलाडीलाई हिरो बनाइदिन्छ । कयौं खेलाडी जिरो बन्छन् । हुन त यो टिम गेम हो । तर, कहिलेकाहिं व्यक्तिगत प्रदर्शनले […]
‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

चितवन, ३ असार (रासस) ः नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका […]
विश्वकप फुटबलमा आज तीन खेल, ब्राजिलले खेल जित्ला?

३ असार । रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक […]
भेनेजुयलाको रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

असार ३ भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ ।काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो ।घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ ।घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको […]
महिलाको नीजि अंगमा पुरुषमात्र नभई भगवानसमेत किन टाँस्सिएका छन् ?

लिह क्यामिन्स्की /बीबीसी यो संसार पितृसत्तात्मक छ । समाज, राजनीति र अर्थव्यवस्था – हरेक स्थानमा उनीहरुकै प्रभाव छ । स्थिती यस्तो छ कि महिलाको शरिरमासमेत पुरुषले आफ्नो हैकम जताउँछन् । महिलाको मन, मस्तिष्क र शरिरमा पुरुषको छायाँ हुन्छ । यहाँसम्म कि महिलाको शरिरको धेरैजसो अंगको नामसमेत पुरुषको नामबाट राखिएको छ । यदि तपाईं महिलाको कम्मर […]
शैक्षिक हड्ताल आव्हान

असार ३/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले आइतबार शैक्षिक हड्ताल आव्हान गरेपछि विद्यालयहरु बन्द गरिएका छन् । मूल्यवृद्धिको विरोध गर्ने क्रममा केही विद्यार्थी नेताहरु पक्राउ परेपछि आइतबार एक दिन शैक्षिक हड्ताल आव्हान गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । उनीहरुले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न पनि सरकारसंग माग गरेका छन् […]
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवन ३ असार / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको […]
सडकमा फेरि यस्तै देख्न नपरोस्

मनिषा अधिकारी अनुभूति कलेजबाट घर फर्कदै थिएँ । सधैं हिड्दै आएकै बाटो नै हो । दिनमा जाँदा–आउँदा त्यो बाटो हरेक दिन क्रस हुन्छ । वर्षौंदेखि उस्तै भिडभाड देख्छु । केही हदसम्म कमचाहिँ भएकै छ । नभए केही महिनाअघिसम्म फलफुल पसल, ठेलाका व्यापारको लावालस्कर ज्यादै कम छन् । त्यसमाथि गाडी म्याजिक टेम्पो टुकटुकेको ठेलमठेल । अहिले […]
देउवा झन् कमजोर बन्दै

३ असार । कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो । पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ । १७ […]
कहाँ-कहाँ भयो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

३ असार । शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ । बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् । भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा […]
सम्पादकीय : सामुदायिक विद्यालयमा मर्जको प्रयास

थोरै विद्यार्थी लिएर पनि नजिकै बहुविद्यालय चलेका स्थानमा विद्यालय समायोजन गर्ने प्रक्रिया चितवनको माडीबाट सुरु भएको छ । दुई विद्यालय मिसाउने प्रक्रियालाई दुई बैंक मिलेर एक बनेजस्तै ‘मर्ज’ भन्न थालिएको छ । यसको उदाहरण स्वरुप माडीमा प्रयास सुरु गरिएको हो । त्यहाँ विद्यार्थी संख्या कम भएका १४ विद्यालय ‘मर्ज’ गरिदैछ । १३ वटा सामुदायिक विद्यालय […]
अपराध रोक्न प्रहरी र जनताबीच सहकार्य

विप्लव काफ्ले/कायाकैरन भरतपुर,३ असार्।जिल्ला प्रहरी कार्यालय चितवनले अपराध नियन्त्रणका लागि जनतासँग मिलेर काम गर्ने अभियान सुरु गरेको छ । ‘टोल–टोलमा प्रहरी’ कार्यक्रमका लागि चितवनमा ३ सय ४५ जना प्रहरी प्रत्येक टोल–टोलमा खटिनेछन् । भरतपुर महानगरपालिका (२९ वडा) को प्रत्येक वडामा ५ जनासहित कूल १ सय ४५ जना, रत्ननगर (१६ वडा), खैरहनी (१३ वडा), राप्ती (१३), […]
८२ वर्षमा नागरिकता

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,३ असार्।राप्ती–११ का लालबहादुर विश्वकर्मा विं.सं. १९९३ मंसिर २ गते जन्मिएका हुन् । नागरिकता बनाउनुपर्छ भन्ने उनमा चेतनै भएन । नागरिकताको महत्व उनलाई थिएन । उसो त उनका बाबुको पनि नागरिकता नभएकै कारण उनले उति वास्ता गरेनन् । उनका छोरा र भाइको भने नागरिकता छ । भाइले गाउँ पञ्चायतका बेला र छोरा तुलबहादुर […]