भरतपुर, ३ असार ।
रसियामा जारी विश्वकपमा विश्वविजेता जर्मनी पहिलाे खेलमै पराजित भएकाे छ । २०१४ काे विश्वकप विजेता जर्मनी भरखरै सम्पन्न खेलमा मेक्सिकोसँग हारेकाे हाे ।
विश्वकपमा जर्मनीविरूध्द पहिलाे जित निकाल्ने क्रममा उसले १-० काे नतिजा हात पार्याे ।


मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा गाेल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका हुन्। काउन्टर एट्याकमा उनले गोल गरेका थिए।
खेलको सुरूदेखी नै दुबै टोलीले निरन्तर एकअर्काको पोस्टमा आक्रमण गर्दै आक्रमकरूपमा खेलेका थिए। खेलको अन्तिमसम्म पनि जर्मनले हारबाट बच्न निरन्तर आक्रमण गरे पनि उनीहरूको प्रहारले सहि दिशा लिन सकेन। त्यस्तै मेक्सिकोले पनि केही महत्वपूर्ण मौका गुमाएको थियो।
फाेटाेहरू: फिफा





