३ असार, चितवन । अवरुद्द नारायणगढ मुग्लिन सडकखण्ड साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे मार्गको पहिरोले आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको थियो ।





