मौलिक तिज गित ” माइतिको आगन ” दर्शक माझ

राजन दिल गुरुङ
असार २ चितवन ।
मौलिक तीज गीतको पर्खाइमा बसेका दर्शक श्रोता माझ योग्सना म्युजिक प्रा लि ले सुनिता सेन मल्लको सुमधुर स्वोरमा ” माइतिको आगनी ” युट्युब मार्फत रिलिज गरेको छ ।

विशेष गरि आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ तर सानै देखि गीत गाउने रहर भएको र नेपाली संगीतमा नवोदित गायिका रुपमा उदाउदै सुनिता सेन मल्लले पहिलो एल्बम ” माइतिको आगनी ” मा रहेको ” माइतिको आगनी ” बोलको मौलिक तिज गीतमा सुमधुर आवाजका साथ दर्शक श्रोता माझ प्रस्तुत हुनु भएको छ । केहि गायक गायिका बाहेक आफु भन्दा अग्रज जो नेपाली संगीतमा जमिसकेका बाट पनि भनेको जस्तो तिजको गित सुन्न र हेर्न नपाएको दर्शक श्रोताको आसय अनुसार पहिले एल्बम मै मौलिक तिज गित रोजेको गायिका मल्ल बताउछिन ।

गणेश अधिकारीको सब्द तथा संगीत , सुरेश श्रेष्ठ को छायांकन , सुजन शाहीको सम्पादन र स्मृति तिमिल्सिना ” गुरु आमा ” को निर्देशन रहेको गीतमा चर्चित मोडल द्वोय अन्जली अधिकारी र करिश्मा ढकाल को आकर्षक नृत्य दर्शकले हेर्न पाउनेछन ।
माइती र चेलीको प्रगाढ माया झल्किने र तिजको गित सभ्य हुनु पर्ने मा एक दुई महिना अघि देखि नै बिकृति सहित दर खाने चलन राम्रो होइन भन्ने संदेश र मौलिक तिज गित लाई प्राथमिकता दिनको लागि केहि अगाडी नै गित रिलिज गरेको र गीतले दर्शक श्रोता को मन सजिलै जित्नेमा ढुक्क भएको गणेश अधिकारी भन्छन ।
भिडिओ हेर्नुहोश ”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट