विश्वकप फुटबलमा आज तीन खेल, ब्राजिलले खेल जित्ला?

३ असार ।

रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ ।
यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ ।आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् ।

पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।फिफा वरियताको छैटौं स्थानमा रहेको स्विट्जरल्यान्ड र दोस्रो स्थानमा रहेको ब्राजिलबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट