ब्राजिल पनि बराबरीमै राेकियाे

भरतपुर, ३ असार ।
दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै ब्राजिललाई निराश बनाएका थिए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए ।शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।

त्यसका वावजुद पनि नेयमारले केहि प्रयास गरे, तर सफल हुन सकेनन् । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टा रिका अंक विहिन छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट