पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन , ३ असार ।पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना  गाउँपालिका ६ स्थित जलविरे मार्गको पहिरोले बाटो बन्द भएको हो। आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको हो।

पानी परेपछि ठूलो पहिलो जाँदा बाटो अवरुद्ध भएको  इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए। पहिरोसँगै रुख र बिजुलीको पोल ढलेपछि पहिरो हटाउन समय लाग्ने उनको भनाइ छ।

प्रहरीले बीचबाटोमा पहिरो झरेपछि मुग्लिनमै सवारी साधनलाई रोकेको छ। विस्तारपछि कालोपत्रे गरेर एक हप्ता सहज भएको यो खण्डमा निरन्तर वर्षा सुरु भएपछि पहिरो झरेको हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट