विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विश्वप्रकाश माविबाट सुरुवात

भरतपुर, १२ असार ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विद्यार्थीहरूलाई रचनात्मक लेखनमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरेको विद्यार्थीसँग प्रज्ञा कार्यक्रउम एक समारोहका बीच विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कथा कविता तथा रचनात्मक लेखनमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजक समेत रहेका प्रज्ञा प्रतिष्ठान सदस्य एवं कवि प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार केदारनाथ खनाल, विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपस्थित विद्यार्थीहरूलाई कवि विदुर अधिकारी र पदम अर्यालले कविता लेखन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गर्नुभएको थियो । विद्यार्थीसँग प्रज्ञा कार्यक्रम बिहीबार नारायणी नमुना माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ भने क्रमिक रुपमा अन्य केही विद्यालयमा समेत कार्यक्रम आयोजना गरिने उपकुलपति इन्द्र रेग्मीले बताउनुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागी भएर आफूलाई कविता लेखनमा धेरै ज्ञान भएको सहभागी विद्यार्थी समीक्षा राईले बताउनु भयो । `मलाई कविता लेख्न मन त लाग्थ्यो तर तरिका जानेकी थिइनँ, आजको कार्यक्रमले धेरै कुरा सिकेकी छु अब कोसिस गर्छु´, राईले भन्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट