टाइब्रेकरमा राघव नायक बनेपछि डन भरतपुर मेयर कपको फाइनल प्रवेश

चितवन, १२ असार । डन एकेडेमी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै डन उपाधि नजिक पुगेको हो । भरतपुर – ७ कृष्णपुरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डन टाइब्रेकरमा ३-० ले विजयी भयो । उसको जितमा गोलकिपर राघव बराकोटी नायक बने । […]

पटिहानीमा शुक्रबारदेखि भलिबल

भरतपुर, १२ असार । पर्यटकीय गन्तव्य पटिहानीमा शुक्रबारबाट खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदैछ । ढोरपाटन चितवन मैत्री समाज, भरतपुरको आयोजनामा सुरु हुने प्रतियोगितामामा चितवन भित्रका विभिन्न १६ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा विजेताले नगद रु.१ लाख र उपविजेताले नगद रु. ५० हजारसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पदमोदय […]

रामचन्द्र पाठकको निबन्धसङ्ग्रह `स्व:उद्यम´ सार्वजनिक

भरतपुर, १२ असार । निबन्धकार रामचन्द्र पाठकको नवीनतम् निबन्धसङ्ग्रह `स्व:उद्यम´ लोकार्पण भएको छ। भरतपुर १० स्थित सगुन पार्टी प्यालेसमा एक कार्यक्रमका बिच उक्त संग्रहलाई सार्वजनिक गरिएको हो । महाकालेश्वर टोल विकास संस्थाका अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी रहनुभएको थियो । पूर्व सांसद विजय […]

विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विश्वप्रकाश माविबाट सुरुवात

भरतपुर, १२ असार । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विद्यार्थीहरूलाई रचनात्मक लेखनमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरेको विद्यार्थीसँग प्रज्ञा कार्यक्रउम एक समारोहका बीच विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कथा कविता तथा […]

भिरबाट सँगै हालफालेका श्रीमतीको मृत्यु, श्रीमान घाइते

चितवन, १२ असार । राप्ती नगरपपालिका–४, चौकीडाँडा भिरबाट हामफालेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मंगलबार दिउँसो ४७ वर्षीय लीलाबहादुर प्रजा र ४२ वर्षीया कुमारी प्रजा भिरबाट हाम फाल्दा कुमारीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । घरायासी विवाद कारण श्रीमान श्रीमती नै भिरबाट हामफालेकोमा कुमारीको घटनास्थलमा […]