भरतपुर, १२ असार ।
पर्यटकीय गन्तव्य पटिहानीमा शुक्रबारबाट खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदैछ । ढोरपाटन चितवन मैत्री समाज, भरतपुरको आयोजनामा सुरु हुने प्रतियोगितामामा चितवन भित्रका विभिन्न १६ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएको छ ।
प्रतियोगितामा विजेताले नगद रु.१ लाख र उपविजेताले नगद रु. ५० हजारसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पदमोदय युवा क्लब परिसरमा असार १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका वडा नम्बर २२ कार्यालय रहेको छ भने प्रबर्द्धकमा चितवन जिल्ला खेलकुद विकास समिति, प्रायोजकमा सेन्ट्रल कलेज र सहयोगी संस्थामा पदमोदय युवा क्लब रहेको छ ।