छोटो कार्यकाल, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

चितवन, २६ भदौ । राजनीतिमा पदावधिभन्दा पनि त्यो अवधिमा नेताले जनमुखी काम र परिवर्तन गर्न सक्यो कि सकेन भन्ने प्रश्न बढी महत्त्वपूर्ण हुन्छ । स्वास्थ्यजस्तो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा तत्कालीन बागमती प्रदेश मन्त्री उत्तम जोशीले गरेको कामको मूल्याङ्कन उहाँको कार्यकालमा भएका निर्णय, नीति र त्यसको प्रभावबाट देखिएको छ । २०८० जेठ ७ गते […]
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज, सञ्चालनमा आयो ‘लाइफलाइन’

नुवाकोट, २६ भदौ । भोटेकोशी नदीमा आएको बाढीले बगाएको नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल पाँच दिनमै पुनः सञ्चालनमा आएको छ । भदौ १० गते आएको भीषण बाढीले देवीघाटको पुल बगाएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमनसँगै नुवाकोटलाई धादिङ र रसुवागढीसँग जोड्ने महत्त्वपूर्ण सडक सञ्जालसमेत प्रभावित भएको थियो । पुल बगेपछि स्थानीयवासीलाई […]
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

भरतपुर, २६ भदौ । नेपाली साहित्याकाशका नक्षत्र, माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टका दोस्रो सन्तानका रूपमा जन्मिएका भट्टको वि.सं. १९५३ सालको कुशे औँसीकै […]
भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

भरतपुर, २६ भदौ । भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा […]