राहतमा जुटे भद्रकुमारीका जुनियर रेडक्रसका विद्यार्थी

भरतपुर, २६ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले परिवार गुमाएका, घरबारविहीन भएका र ठूलो क्षति व्यहोरेका नागरिकको पीडा अझै उस्तै छ । विपद्को यो कठिन घडीमा देशका विभिन्न ठाउँबाट सहयोगका हातहरू जुटिरहेका छन् । यही मानवीय अभियानमा भरतपुर–५ स्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू पनि जोडिएका छन् । बाढी प्रभावित परिवारको […]

कृष्णभीरमा १० वटा मेशिन परिचालन, भदौ अन्त्यसम्म यातायात सञ्चालन गराउने तयारी

भरतपुर, २६ भदौ । कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक तयार गर्ने कार्य आठौँ दिनमा पनि निरन्तर भइरहेको छ । करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेशिन तथा उपकरण परिचालन गरी दैनिक १४ घण्टा काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । सवारी आवागमनलाई सहज बनाउन प्राविधिक दृष्टिकोणले सडकलाई […]

मौलाकालिका परिसरमा शनिबार बृहत् खुला रक्तदान

गैंडाकोट, २६ भदौ । गैंडाकोट–१ स्थित मौलाकालिका मन्दिर परिसरमा शनिबार बृहत् खुला रक्तदान कार्यक्रम हुने भएको छ । विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर र मौलाकाली केबलकारको संयुक्त आयोजनामा २०८३ भदौ २७ गते रक्तदान कार्यक्रम हुन लागेको हो । विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले कार्यक्रमबारे जानकारी दिएका हुन् । रक्तदानमा […]

भारतबाट अवैध रूपमा ल्याइएका १ करोड १५ लाखका मोबाइल एसेसरिज नियन्त्रणमा

परासी, २६ भदौ । पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब १ करोड १५ लाख रुपैयाँ मूल्यका मोबाइल एसेसरिजसहित प्रहरीले एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सरावल गाउँपालिका–५ स्थित भन्सार टोलमा भारतबाट नेपालतर्फ ल्याई लु ३ च २९३९ नम्बरको पिकअपमा लोड गरिएको अवस्थामा उक्त सामान बरामद गरिएको […]

एम्स एर्बोड एजुकेसनद्वारा नारायणी सामुदायिक वन सम्मानित

गैंडाकोट, २६ भदौ । एम्स एर्बोड एजुकेसन, गैंडाकोटले नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । बिहीबार आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा समूहका सम्पूर्ण टिमलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको हो । नारायणी सामुदायिक वनले पछिल्लो समय गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरी गैंडाकोटको नाम राष्ट्रियस्तरमा चिनाउन सफल भएकाले सम्मान गरिएको एम्स एर्बोड एजुकेसन, […]

छोटो कार्यकाल, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

चितवन, २६ भदौ । राजनीतिमा पदावधिभन्दा पनि त्यो अवधिमा नेताले जनमुखी काम र परिवर्तन गर्न सक्यो कि सकेन भन्ने प्रश्न बढी महत्त्वपूर्ण हुन्छ । स्वास्थ्यजस्तो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा तत्कालीन बागमती प्रदेश मन्त्री उत्तम जोशीले गरेको कामको मूल्याङ्कन उहाँको कार्यकालमा भएका निर्णय, नीति र त्यसको प्रभावबाट देखिएको छ । २०८० जेठ ७ गते […]

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज, सञ्चालनमा आयो ‘लाइफलाइन’

नुवाकोट, २६ भदौ । भोटेकोशी नदीमा आएको बाढीले बगाएको नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल पाँच दिनमै पुनः सञ्चालनमा आएको छ । भदौ १० गते आएको भीषण बाढीले देवीघाटको पुल बगाएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमनसँगै नुवाकोटलाई धादिङ र रसुवागढीसँग जोड्ने महत्त्वपूर्ण सडक सञ्जालसमेत प्रभावित भएको थियो । पुल बगेपछि स्थानीयवासीलाई […]

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

भरतपुर, २६ भदौ । नेपाली साहित्याकाशका नक्षत्र, माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टका दोस्रो सन्तानका रूपमा जन्मिएका भट्टको वि.सं. १९५३ सालको कुशे औँसीकै […]

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु

भरतपुर, २६ भदौ । भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा […]