एम्स एर्बोड एजुकेसनद्वारा नारायणी सामुदायिक वन सम्मानित

गैंडाकोट, २६ भदौ ।
एम्स एर्बोड एजुकेसन, गैंडाकोटले नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । बिहीबार आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा समूहका सम्पूर्ण टिमलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको हो ।

नारायणी सामुदायिक वनले पछिल्लो समय गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरी गैंडाकोटको नाम राष्ट्रियस्तरमा चिनाउन सफल भएकाले सम्मान गरिएको एम्स एर्बोड एजुकेसन, गैंडाकोटका प्रबन्ध निर्देशक कृष्ण कँडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने तयारीमा लाग्ने क्रम बढेको बताउनुभयो । उहाँले विदेश जानुभन्दा स्वदेशमै अध्ययन गरी देशका लागि योगदान गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

विदेश जानैपर्ने अवस्था भए आधिकारिक शैक्षिक परामर्श संस्थामार्फत आवश्यक परामर्श लिएर जान र विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेश फर्केर उपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सम्मान ग्रहण गर्दै नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले सम्मानका लागि एम्स एर्बोड एजुकेसनप्रति आभार व्यक्त गर्नुभयो । राम्रो कामको प्रशंसा र सम्मानले थप राम्रो काम गर्न ऊर्जा मिल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका उद्योगतर्फका उपाध्यक्ष दीपक भट्टराई र अंकुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका प्रथम उपाध्यक्ष तथा पूर्वजनप्रतिनिधि नवराज कँडेलको विशेष आतिथ्यता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट