कृष्णभीरमा १० वटा मेशिन परिचालन, भदौ अन्त्यसम्म यातायात सञ्चालन गराउने तयारी

भरतपुर, २६ भदौ ।
कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक तयार गर्ने कार्य आठौँ दिनमा पनि निरन्तर भइरहेको छ । करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेशिन तथा उपकरण परिचालन गरी दैनिक १४ घण्टा काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।

सवारी आवागमनलाई सहज बनाउन प्राविधिक दृष्टिकोणले सडकलाई ‘लिमिटिङ ग्रेडियन्ट’ मा सीमित राख्ने गरी काम भइरहेको छ । त्यसपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज तथा स्लोप प्रोटेक्सनको काम गरिने जनाइएको छ ।

राजधानीको आपूर्ति व्यवस्थालाई सन्तुलित एवं सहज बनाउन विशेषगरी ग्यास बुलेट, मालवाहक सवारीसाधन, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो, सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्म, कृष्णभीरबाट आवागमनको व्यवस्था मिलाउने गरी निरन्तर काम भइरहेको योजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट