४ जीपीए ल्याउने विद्यार्थीलाई नेपाल माविको ७५ हजार सम्मान

देवचुली, १ जेठ । देवचुलीस्थित नेपाल नमुना माध्यमिक विद्यालयले एसइई २०८२ मा ४ जीपीए ल्याउने विद्यार्थी आर्जन अधिकारीलाई नगद ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ । शुक्रबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै खुसियाली मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार बुढाथोकीको अध्यक्षता तथा देवचुली नगरपालिकाका शिक्षा […]
माडी माइतीघर नेपालद्वारा तीन विद्यालयलाई कम्प्युटर सहयोग

माडी, १ जेठ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले माडी माइतीघर नेपालले माडीका तीन विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । संस्थाले दक्षिण कालिका आधारभूत विद्यालय, देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय, दिवानगर तथा आधारभूत विद्यालय, पाण्डवनगरलाई कम्प्युटर हस्तान्तरण गरेको हो । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा. डा. ई. […]
‘लागुपदार्थ सेवन गर्दिनँ’ भन्दै रत्ननगरमा सामूहिक प्रतिबद्धता

चितवन, १ जेठ । रत्ननगरस्थित रहमानिया जामे मस्जिदमा लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय रत्ननगर र रहमानिया जामे मस्जिद समिति टाँडीको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रहरी निरीक्षक सोभन विक्रम राणा र प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाण्डेले लागुऔषध दुर्व्यसन, यसको असर, […]
जनकपुर साहित्य महोत्सवको सातौं संस्करण सुरु

जनकपुरधाम, १ जेठ । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण शुक्रबार जनकपुरधाममा भव्य रूपमा सुरु भएको छ। जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सभाहलमा आयोजित उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले पानसमा बत्ती बालेर महोत्सवको औपचारिक शुभारम्भ गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै महोत्सवका परिकल्पनाकार तथा संघीय सांसद मनिष झाले साहित्य र समाजबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्धिक बहसको साझा […]
दुई दिने सार्वजनिक बिदापछि विद्यालयको कार्यघण्टा मिलान
काठमाडौँ, १ जेठ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि विद्यालय तहको पठनपाठन र कार्यघण्टा व्यवस्थापनमा नयाँ समायोजन गरिएको छ । पाठ्यक्रम विकास केन्द्र ले विद्यालय सञ्चालनका दिन र पठनपाठन अवधिलाई मिलान गर्दै नयाँ व्यवस्थापन लागू गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सबै […]
गैंडाकोटमा गायन तथा संगीत एडभान्स तालिम सुरु

लोकसंगीत संरक्षणसँगै नयाँ सर्जक उत्पादनमा जोड गैंडाकोट, १ जेठ । गैंडाकोट नगरपालिकाको सहयोगमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गायन तथा संगीत एडभान्स तालिम सुरु गरेको छ । तालिमको उद्घाटन गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शुक्रबार गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामगादेले एक महिनासम्म सञ्चालन हुने तालिमले प्रशिक्षार्थीलाई गायन तथा संगीतमा निपुण बनाउने […]
अङ्कुरम् एकेडेमी भरतपुरमा वृहत् स्काउट भेला हुँदै

चितवन, १ जेठ । नेपाल स्काउटको अभियानलाई थप प्रभावकारी, अनुशासित र नेतृत्वमुखी बनाउने उद्देश्यसहित चितवनमा स्काउटर्स मिट चितवन–२०८३ आयोजना हुने भएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा हुने उक्त कार्यक्रम यही जेठ ३ गते आइतबार भरतपुर महानगरपालिका–७, तेह्रसाल चोकस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । स्काउट आन्दोलनमार्फत युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक […]
शारदानगर जेसीजलाई प्रतिष्ठित संकल्प टु सक्सेस अवार्ड

भरतपुर, १ जेठ । युवा नेतृत्व, सामाजिक सेवा तथा संस्थागत सक्रियतामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको शारदानगर जेसीजले नेपाल जेसिजद्वारा प्रदान गरिने प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको छ । नेपाल जेसीजको परिपत्रअनुसार निर्धारित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेबापत शारदानगर जेसीजलाई अप्रिल महिनाको उक्त अवार्ड प्रदान गरिएको हो । समयमै कार्यक्रम […]
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौँ, १ जेठ । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वभर विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यस अवसरमा United Nations को प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल आयोजना गरिएको छ । परिवारसँग सम्बन्धित विषयमा United Nations ले […]