गैंडाकोटमा गायन तथा संगीत एडभान्स तालिम सुरु

लोकसंगीत संरक्षणसँगै नयाँ सर्जक उत्पादनमा जोड

गैंडाकोट, १ वैशाख ।
गैंडाकोट नगरपालिकाको सहयोगमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गायन तथा संगीत एडभान्स तालिम सुरु गरेको छ । तालिमको उद्घाटन गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शुक्रबार गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामगादेले एक महिनासम्म सञ्चालन हुने तालिमले प्रशिक्षार्थीलाई गायन तथा संगीतमा निपुण बनाउने विश्वास व्यक्त गरे । उनले सिकेका सीपलाई व्यावसायिक रूपमा अघि बढाउन सहभागीलाई शुभकामना दिए ।
जेठ १ गतेदेखि सुरु भएको तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा ३३ जना सहभागी रहेका छन् ।

तालिम कार्यक्रमका संयोजक तथा प्रज्ञाप्रतिष्ठानका संगीत विभाग प्रमुख अमर विरही गुरुङले अनुशासन, मेहनत र लगनशीलतासहितले सफलता हासिल गर्न सकिने बताए । उनका अनुसार तालिममा आधारभूतदेखि एडभान्स स्तरसम्म गायन र संगीत प्रशिक्षण प्रदान गरिनेछ । मादल, हारमोनियमलगायत विभिन्न बाजा सिक्न प्रशिक्षार्थीको उत्साह देखिएको उनले बताए ।

कार्यक्रमका सभापति प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रशिक्षार्थीलाई शुभकामना दिँदै आफूमा निहित प्रतीभालाई उजागर गर्न आग्रह गरे । तालिममा चन्द्र घले र सुरज बज्राचार्य प्रशिक्षकका रूपमा रहेका छन् ।

प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले अघिल्लो वर्षको सफलतापछि प्रशिक्षार्थीकै मागअनुसार यस वर्ष पनि तालिम आयोजना गरिएको बताए । स्थानीय स्तरमा प्रचलित गीत तथा बाजाका आधारमा प्रशिक्षण दिइने उल्लेख गर्दै उनले लोकसंगीत र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्राज्ञ सभा सदस्य लेखराम सापकोटाका अनुसार प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, संगीत र कलाका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले गायन तथा संगीत तालिमले नयाँ सर्जक उत्पादन गर्न सहयोग पुग्ने बताए ।

उद्घाटन कार्यक्रमको सहजीकरण नगरपालिका शिक्षा शाखा प्रमुख तथा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव रामप्रसाद अधिकारीले गरेका थिए । उनले तालिमले प्रशिक्षार्थीलाई व्यावसायिक क्षमता विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट