४ जीपीए ल्याउने विद्यार्थीलाई नेपाल माविको ७५ हजार सम्मान

देवचुली, १ जेठ ।
देवचुलीस्थित नेपाल नमुना माध्यमिक विद्यालयले एसइई २०८२ मा ४ जीपीए ल्याउने विद्यार्थी आर्जन अधिकारीलाई नगद ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ । शुक्रबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै खुसियाली मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार बुढाथोकीको अध्यक्षता तथा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रधानाध्यापक शिवप्रसाद देवकोटाले विद्यालयले विगतदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिको सहकार्यले सफलता सम्भव भएको बताउनुभयो ।

उत्कृष्ट नतिजाको अवसरमा विद्यालयमा पञ्चेबाजासहित नाचगान गरी खुसियाली मनाइएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।

यस वर्ष विद्यालयबाट एसइईमा सहभागी १ सय २४ विद्यार्थिमध्ये ९७ जना ग्रेडेड भएका छन्। विद्यालयले ७८.२ प्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट