दुई दिने सार्वजनिक बिदापछि विद्यालयको कार्यघण्टा मिलान

काठमाडौँ, १ जेठ ।
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि विद्यालय तहको पठनपाठन र कार्यघण्टा व्यवस्थापनमा नयाँ समायोजन गरिएको छ । पाठ्यक्रम विकास केन्द्र ले विद्यालय सञ्चालनका दिन र पठनपाठन अवधिलाई मिलान गर्दै नयाँ व्यवस्थापन लागू गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि विद्यालय तहको पाठ्यक्रम र कार्यघण्टा समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

नयाँ व्यवस्थापनअनुसार विद्यालय सञ्चालन हुने पाँच दिनभित्रै तोकिएको पाठ्यक्रम पूरा गर्नुपर्ने भएकाले स्थानीय तह, विद्यालय, शिक्षक तथा सरोकारवाला पक्षलाई कार्यघण्टा मिलानमा चुनौती देखिएको केन्द्रले जनाएको छ ।

यसै आवश्यकतालाई ध्यानमा राख्दै सस्मित पोखरेल को अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वैशाख ११ गते बसेको बैठकले कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको सुझावका आधारमा नयाँ पाठ्यक्रम व्यवस्थापन स्वीकृत गरिएको जनाइएको छ ।

केन्द्रका महानिर्देशक युवराज पौडेल का अनुसार स्वीकृत व्यवस्थाअनुसार विद्यालय तहको कार्यघण्टा र पठनपाठन समय मिलान गरी कार्यान्वयन थालिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट