विद्यार्थी बोकेर चितवन फर्किँदै गरेको बस धादिङमा दुर्घटना

भरतपुर, २० मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना […]
सनराइज MUN 2.0 सफलतापूर्वक सम्पन्न

भरतपुर, २० मङ्सिर । सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित Sunrise MUN 2.0 अन्तर्राष्ट्रिय बहस सम्मेलन १०५ जना प्रतिनिधिहरूको सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ । विश्वका विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले तीन दिनसम्म बहस, कूटनीति, छलफल र नेतृत्व क्षमता प्रस्तुत गर्दै विभिन्न मुद्दाहरूमा सक्रियतापूर्वक सहभागी भए । कार्यक्रम पाँच वटा अलग–अलग समितिहरूमा सञ्चालन गरिएको थियो, जसमा […]
गैंडाकोटमा स्रस्टाहरू सम्मानित

गैंडाकोट, २० मङ्सिर । त्रिवेणी सूर्यभक्त-पतनादेवी स्मृति वाङमय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ । रु. ३३,३३३/- नगद राशि र सम्मानपत्रसहित वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा त्रिवेणी गोभिरा कला पुरस्कार चित्रकार […]
जनक नमुना माविमा साहित्यकार क्षेत्री सम्मानित

गैंडाकोट, २० मङ्सिर । कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष, साहित्यिक – शैक्षिक एवम् सामाजिक व्यक्तित्व एलबी क्षेत्रीलाई श्री जनक नमुना माध्यमिक विद्यालय गैंडाकोटले एक समारोहबीच सम्मान गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा र प्रधानाध्यापक बुद्धिसागर पण्डितले दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गरेका हुन् । कार्यक्रममा पुस्तक समीक्षा कार्यक्रम पनि […]
न्यू क्यपिटल कलेज रत्ननगरमा भूतपूर्व विद्यार्थी सङ्घ गठन

रत्ननगर, २० मङ्सिर । पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू क्यपिटल कलेजमा भूतपूर्व विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिएको छ । कलेजका प्राचार्य भूपेन्द्र धितालको प्रमुख आतिथ्यमा बसेको भूतपूर्व विद्यार्थी र कलेज प्रशासनबीचको संयुक्त भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा प्रह्लाद पन्त (ब्याच २०५७), उपाध्यक्षमा रञ्जिता पण्डित, सचिवमा केशव चालिसे तथा […]
सौराहा लेडी जेसीजको अध्यक्षमा शिल्पा पौडेल निर्वाचित

सौराहा, २० मङ्सिर । सौराहा लेडी जेसीजको नवौँ साधारणसभा तथा ८औं शाखा अधिवेशनबाट लिटिल किड्स मन्टेश्वरी स्कुलकी सञ्चालक कुशल नेता जेसी शिल्पा बिडारी निर्वाचित भएकी छन्। विभिन्न राष्ट्रिय कार्यक्रमहरुमा संलग्नता जनाएकी पौडेलले वर्ष २०२४ मा नेपाल जेसीजद्वारा आयोजित राष्ट्रिय तालिम JCI Nepal Academy मा दीक्षित भई आफूलाई शाखाको नेतृत्त्व गर्न अब्बल बनिसकेकी छन् । यसैगरी […]
भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण

चितवन, २० मङ्सिर । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण बढेको छ । भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसमा पछिल्लाे समय मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण बढेको हो । विद्यार्थीको ज्ञान प्रविधिसँगै जोडिने भएकाले यस बिषयतर्फ विद्यार्थीको रुचि बढ्दै गएको मानविकी तथा सामाजिक शास्त्र संकाय बि.ए. कार्यक्रम संयोजक राजेन्द्र गिरीले बताए । […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार चितवनमा सम्बोधन गर्ने

भरतपुर, २० मङ्सिर । श्रम संस्कृति पार्टीले आइबार चितवनमा जनसभा गर्ने भएको छ । नारायणी नदी किनारमा हुने सभालाई सो पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले सम्बोधन गर्ने जनाइएको छ । श्रम संस्कृति पार्टीले सभा गर्ने स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी सभाको तयारीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सो पार्टीका जिल्ला […]
चियासँग कविताको ५२ औँ शृङ्खलामा सुनिइन् कवि विना थिङ

भरतपुर, २० मङ्सिर । चियासँग कविताको ५२ औँ शृङ्खलामा कवि विना थिङ तामाङ प्रस्तुत भएकी छन् । शनिबार बिहान भरतपुरमा आयोजना गरिएको कार्यक्रममा कवि तामाङले `डम्फु नबजेको देशबाट´ शीर्षकको कविता प्रस्तुत गर्दै वाचन सुरु गरिन् । त्यसपछि उनले `आगोको ठेगाना´, `आदिवासी सपना´, `वियोग´, `म्हेन्दो´ लगायत शीर्षकका कविता सुनाइन् । कार्यक्रममा ईश्वर कँडेल, भूपिन, ईश्वर कँडेल, […]
हेटौंडामा सडक विस्तारको काम सुरु

मकवानपुर, २० मङ्सिर । हेटौंडामा शनिबार बिहानैबाट सडक विस्तारको काम सुरु भएको छ । ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ […]