सौराहा लेडी जेसीजको अध्यक्षमा शिल्पा पौडेल निर्वाचित

सौराहा, २० मङ्सिर ।
सौराहा लेडी जेसीजको नवौँ साधारणसभा तथा ८औं शाखा अधिवेशनबाट लिटिल किड्स मन्टेश्वरी स्कुलकी सञ्चालक कुशल नेता जेसी शिल्पा बिडारी निर्वाचित भएकी छन्। विभिन्न राष्ट्रिय कार्यक्रमहरुमा संलग्नता जनाएकी पौडेलले वर्ष २०२४ मा नेपाल जेसीजद्वारा आयोजित राष्ट्रिय तालिम JCI Nepal Academy मा दीक्षित भई आफूलाई शाखाको नेतृत्त्व गर्न अब्बल बनिसकेकी छन् । यसैगरी सौराहा लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसी आशिका भट्टराई र जेसी शुष्मिता न्यौपाने चयन भएका छन् भने महासचिवमा जेसी लक्ष्मी गोदार, कानुनी सल्लाहाकार जेसी कलिमा खातुन, कोषाध्यक्ष जेसी निशा गौतम र तालिम आयुक्तमा जेसी आयुष्मा अधिकारी मनोनित भएका छन् ।

यस शाखाको निर्वाचन प्रकृया निर्वाचन आयुक्त सुनिता पौडेल, संस्थापक अध्यक्ष जेसी सुजता बिष्ट र मातृशाखा सौराहा जेसीजका अध्यक्ष जेसी तुलप्रसाद घिमिरे (जयराम) सञ्चालन गरेका थिए । पूर्व अध्यक्षहरु जेसी लक्ष्मी बिडारी, जेसी स्वप्ना पौडेल भन्डारी, जेसी मन्जु महतो र जेसी सरस्वती सेढाईको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम शाखा अध्यक्ष जेसी दीक्षा रिजालको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट