भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण

चितवन, २० मङ्सिर ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण बढेको छ । भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसमा पछिल्लाे समय मानविकी संकायतर्फ विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीको ज्ञान प्रविधिसँगै जोडिने भएकाले यस बिषयतर्फ विद्यार्थीको रुचि बढ्दै गएको मानविकी तथा सामाजिक शास्त्र संकाय बि.ए. कार्यक्रम संयोजक राजेन्द्र गिरीले बताए । `प्राप्त ज्ञानलाई अहिलेका विद्यार्थीले प्रविधिमैत्री बनाएकोले विद्यार्थीको रुचि बढ्दै गएको छ´ उनले भने ।

यसतर्फ २०८२ साउनको चौथो हप्तादेखि भर्ना खुलेको छ । २०८२ कात्तिक दोस्रो हप्ताबाट कक्षा सञ्चालन भएकोले अन्य वर्षको तुलनामा यसवर्ष १०० जना भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन् । भर्नाको समय मङ्सिर मसान्तसम्म रहेकोले अझै विद्यार्थीको संख्या थपिने उनको भनाई थियो ।

स्नातक मानविकी तहमा प्लस टुमा सबै संकाय पढेका विद्यार्थीहरूले पढ्न पाउने भएकाले पनि विद्यार्थीको चाप बढेको हो। हाल भर्ना भएका विद्यार्थीहरूमध्ये प्लस टुमा विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र तथा सिटिभिटीबाट पढेका विद्यार्थीहरू छन् ।

यस क्याम्पसमा मानविकी तहमा बिहान ६ बजेबाट १२ बजेसम्म पढाइ हुन्छ। गत वर्ष २२ जनाले मात्रै परीक्षाको फारम भरेका थिए । यस वर्ष भने कलेजमा आफ्नै मानविकी भवन भएको, रङ्ग रोगनले सिगारिएको, खानेपानीको राम्रो व्यवस्था, वाइफाइको व्यवस्था तथा पावर प्वाइन्टबाट अध्यापन गराईने भएकाले विद्यार्थीको रुची बढ्दै गएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library