जनक नमुना माविमा साहित्यकार क्षेत्री सम्मानित

गैंडाकोट, २० मङ्सिर ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष, साहित्यिक – शैक्षिक एवम् सामाजिक व्यक्तित्व एलबी क्षेत्रीलाई श्री जनक नमुना माध्यमिक विद्यालय गैंडाकोटले एक समारोहबीच सम्मान गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा र प्रधानाध्यापक बुद्धिसागर पण्डितले दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा पुस्तक समीक्षा कार्यक्रम पनि राखिएको थियो । विद्यार्थीहरू आँचल अधिकारी, ग्रिष्मा घिमिरे, भविस्य केसी, श्रुति पौडेल, प्रज्ज्वलसागर पौडेल, रोजिता पौडेल, समृद्धि ढकाल, लक्ष्मी पौडेललगायतले विभिन्न पुस्तकहरुको समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी एवम् पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटा, कवि उपेन्द्र त्रिपाठी, मोनिका कँडेल, भरोसा केसी, सुमिना सारू, रिवाज पौडेललगायतले रचना वाचन गरेका थिए । कक्षा ८ की छात्रा प्रकृति रेग्मीले कार्यक्रममा उपस्थित सबैलाई मन्तव्यबाट स्वागत गरेकी थिइन् ।

त्यसैगरी सामाजिक व्यक्तित्व एवम् पूर्व विद्यार्थी त्रिलोचन सापकोटा र उदय अधिकारीले मन्तव्य राख्दै विद्यार्थीलाई विभिन्न किसिमका गतिविधिमा अवसर दिँदा उनीहरूको व्यक्तित्व विकासमा योगदान पुग्ने बताए । कार्यक्रम संयोजक मनोजविक्रम बिष्टले विद्यार्थीलाई पाठ्यक्रममा अलावा अतिरिक्त क्रियाकलाप र अतिरिक्त किताब अध्ययनमा शिक्षकहरूले प्रेरित गर्नेगरेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट