भरतपुर, २० मङ्सिर ।
चियासँग कविताको ५२ औँ शृङ्खलामा कवि विना थिङ तामाङ प्रस्तुत भएकी छन् । शनिबार बिहान भरतपुरमा आयोजना गरिएको कार्यक्रममा कवि तामाङले `डम्फु नबजेको देशबाट´ शीर्षकको कविता प्रस्तुत गर्दै वाचन सुरु गरिन् । त्यसपछि उनले `आगोको ठेगाना´, `आदिवासी सपना´, `वियोग´, `म्हेन्दो´ लगायत शीर्षकका कविता सुनाइन् ।
कार्यक्रममा ईश्वर कँडेल, भूपिन, ईश्वर कँडेल, प्रेम रिमाल, उदय अधिकारी, सामना पहाड, धर्म सापकोटा राजु, डाक्टर एकनारायण पौड्याललगायतले कवि तामाङका कविताका सन्दर्भमा बोलेका थिए ।





