विद्यार्थी बोकेर चितवन फर्किँदै गरेको बस धादिङमा दुर्घटना

भरतपुर, २० मङ्सिर ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।
स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको बस मध्य एउटा बस चितवनको कालिका नगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामको रहेको खुलेको छ ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिएर गएको बस दुर्घटनामा परेको हो ।
४३ जना विद्यार्थी र ४ जना शिक्षक बसमा सवार रहेकामा ७ जना विद्यार्थी घाइते भएका विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले जानकारी दिए । घाईते मध्ये २ जनालाई उपचारको लागी काठमाडौँ पठाईएको छ ।

घाईते विद्यार्थीहरुको उपचार र उद्धारको लागि आवश्यक समन्वय र पहल भईरहेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट