२०८० पुस १ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
स्मल हेभनमा अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु, मन्त्री चित्रकारद्धारा उद्घाटन

भरतपुर, ३० मंसिर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ शनिबारबाट सुरु भएको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरे । सो क्रममा मन्त्री चित्रकारले संस्थागत विद्यालयको रुपमा स्मल हेभनले देशको […]
माडीमा जिल्ला स्तरीय क्रिकेट कप-२०८० हुँदै

माडी, ३० मंसिर । माडीमा जिल्ला स्तरीय क्रिकेट कप-२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्ला स्तरीय क्रिकेट कप-२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गतेदेखि फागुन ५ गतेसम्म माडीको बसन्तपुरस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदमविलास पन्तले जानकारी दिए । प्रतियोगितामा माडीका ४ टिमसहित कुल ८ […]
‘असहाय नागरिकको अभिभावक प्रदेश सरकार’ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, ३० मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारीसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए । प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले […]
कथाकार पौडेलको `धन्य मेरा बा !´ सार्वजनिक

रत्ननगर, ३० मंसिर । कथाकार विष्णुप्रसाद पाैडेल अपरिचितको `धन्य मेरा बा !´ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । टाँडीस्थित न्यू क्यापिटल कलेजमा शनिबार आयोजित कार्यक्रममा पौडेलको तेस्रो पुस्तक `धन्य मेरा बा !´ सार्वजनिक गरिएको हो । प्रमुख अतिथि कथाकारकी आमा शारदा पौडेलसहित साहित्यकार केशवराज आमोदी, लकाश पौडेल, धनराज गिरी, कृष्णप्रसाद सापकोटा, ईश्वरी ओझा, कार्यक्रमका सभापति भुपेन्द्र […]
‘युद्धप्रसाद स्मृति साहित्य सम्मान – २०८०´ बाट कवि पुरुषोत्तम आचार्य सम्मानित

मकवानपुर, ३० मंसिर । ‘युद्धप्रसाद स्मृति साहित्य सम्मान – २०८०´ बाट कवि पुरुषोत्तम आचार्य सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएकाे उक्त सम्मानबाट प्रगतिवादी युवा कवि आचार्य सम्मानित भएका हुन् । प्रगतिशील लेखक संघ मकवानपुरले शनिबार युद्धप्रसाद स्मृति साहित्य सम्मान तथा जुनेली खण्डकाव्य गृह विमोचन कार्यक्रम गर्दै २२ हजार […]
शान्ति टोल विकास संस्थाको नयाँ नेतृत्व चयन, अध्यक्षमा राजु श्रेष्ठ

रत्ननगर, ३० मंसिर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर -१५ स्थित शान्ति टोल विकास संस्थामा नयाँ नेतृत्व चयन भएको छ । टोलको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । त्यैसगरी संस्थाको उपाध्यक्षमा रमिला अर्याल, सचिवमा सन्तोषी भुजेल, कोषाध्यक्षमा सीता ढकाल, सदस्यहरुमा चन्चला भट्ट, शंकर खनाल, बिन्दा ढकाल, बिमला ढकाल र बिन्दु रुम्बा चयन भएका […]
ग्लोबल आइएमइ बैंकले दियो मौलाकालिका मन्दिरलाई पैसा गन्ने मेसिन

गैंडाकोट, ३० मंसिर । गैंडाकोटमा रहेको प्रसिद्ध मौलाकालिका मन्दिरलाई ग्लोबल आइएमई बैंकले पैसा गन्ने मेसिन सहयोग गरेको छ । मन्दिर परिसरमा आयोजित एक समारोहकाबीच बैंकका गैंडाकोट शाखा प्रमुख किसन श्रेष्ठले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कोषाध्यक्ष सुवन ढकाललाई मेसिन हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै कोषाध्यक्ष ढकालले मन्दिरमा भक्तजनबाट दैनिक संकलन हुने भेटीको पैसा गन्न सहजताका […]
लम्सालको `मिडिया, महिला र म´ माथि विमर्श

भरतपुर, ३० मंसिर । अक्षर प्रकाशनले अमृता लम्सालको `मिडिया, महिला र म´ पुस्तक सार्वजनिक गरेको छ । यो पुस्तकका सन्दर्भमा रहेर शनिबार चितवनमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा गरिएको विमर्श कार्यक्रममा सामाजिक अभियन्ता मीना खरेल, परि विक्रम र लेखक लम्सालसँग सरिता तिवारीले संवाद गरिन् । `पुस्तकमा महिलाका कुरा, समाजका कुरा, दलितका […]
अङ्कुरम् एकेडेमीमा गणित प्रदर्शनी

भरतपुर, ३० मंसिर । अङ्कुरम् एकेडेमीमा गणित शिक्षा परियोजनाअन्तर्गत वृहत् प्रदर्शनी सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत ६२७ जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न उक्त वृहत् प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई गणितीय ज्ञान दिनु रहेको सह-प्राचार्य ओमराज मैनालीले बताए । `गणित ‘डर’ होइन, गणित ‘गर’ हो । अर्थात्, गणित ‘सिक्दै रमाउँदै वा रमाउँदै सिक्दै’ […]
देवचुलीमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण

देवचुली, ३० मंसिर । देवचुली- १६ बाह्रकोलमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा देवचुली नगरपालिकाको शिक्षा शाखाको समन्वयमा शुक्रबार प्रभात जनता आधारभूत विद्यालयमा कार्यक्रम गरिएको हो । देवचुली नगरपालिकाको दुर्गम गाउँ बाह्रकोल र बेलस्वारामा रहेका प्रभात जनता आधारभूत विद्यालय र सरस्वती […]
प्रधानमन्त्री प्रचण्डद्वारा मानव सेवा आश्रमको भवन उद्घाटन

मकवानपुर, ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् । करिब १४ करोड रुपैयाँ लागतमा निर्मित आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मानवीय सेवा मानव जीवनको सर्वोच्च काम भएको बताएका […]
भूकम्प पीडितलाई विद्युतीय व्यवसायीको सहयोग

भरतपुर, ३० मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघ वाग्मती प्रदेश समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जाजरकोटका भुकम्प पीडितलाई विद्युतीय न्यानो सामाग्री प्रदान गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देबकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भेरी नगरपालिका वडा नम्बर १ कोल्चौर टोलका ६० घर परिवार र वडा नम्बर ४ का ४० घरधुरी भुकम्प पीडितलाई […]
ई-क्यान चितवनमा दीपकचन्द्र भट्टराईको नेतृत्व

भरतपुर, ३० मंसिर । नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) चितवनको अध्यक्षमा दीपकचन्द्र भट्टराई विजयी भएका छन् । शुक्रबार भरतपुरमा सम्पन्न संघको सातौँ अधिवेशनले भट्टराईको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी कृष्ण कंडेललाई ४ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन् । ४८ मत मध्ये भट्टराईले २६ […]