‘युद्धप्रसाद स्मृति साहित्य सम्मान – २०८०´ बाट कवि पुरुषोत्तम आचार्य सम्मानित

मकवानपुर, ३० मंसिर ।
‘युद्धप्रसाद स्मृति साहित्य सम्मान – २०८०´ बाट कवि पुरुषोत्तम आचार्य सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएकाे उक्त सम्मानबाट प्रगतिवादी युवा कवि आचार्य सम्मानित भएका हुन् ।

प्रगतिशील लेखक संघ मकवानपुरले शनिबार युद्धप्रसाद स्मृति साहित्य सम्मान तथा जुनेली खण्डकाव्य गृह विमोचन कार्यक्रम गर्दै २२ हजार राशीकाे उक्त सम्मान आचार्यलाई प्रदान गरिएकाे हाे । ‘युद्धप्रसाद स्मृति साहित्य सम्मान मकवानपुरे साहित्यकार तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेका हुन् ।

कार्यक्रमकाे प्रमुख अतिथि साहित्यकार नवराज शर्माले उक्त सम्मानबाट सम्मानित गरेका थिए । मकवानपुरकाे हर्नामाडी जन्मस्थान रही मकवानपुरलाई नै कर्म थलो बनाउँदै आएका उनले साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका छन् । आचार्यका हालसम्म ५ वटा कृतिहरु प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जुनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।

माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केहि गीत गजलहरू समेत  स्वरबद्ध छन् । २०७८ सालबाट प्रगतिशील लेखक संघ मकवानपुरले २०७८ सालबाट प्रदान गर्दै आएकाे युद्ध प्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र जनगायक रामेश श्रेष्ठ सम्मानित भइसकेका छन् ।

आचार्यकाे पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन 

पुरूषोत्तम आचार्यकाे पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ । शनिबार हेटौडामा आयोजित एक कार्यक्रमबीच आचार्यकाे जुनेली गृह विमाेचन गरिएकाे हाे ।

जुनेलीकाे गृह विमाेचनसँगै कृतिमाथि टिप्पणी गरिएकाे छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक निरा शर्मा, कमला बराइली र राजनीतिकर्मी प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गरेका थिए ।

जुनेलीमाथि टिप्पणी गर्दै निमेष निखिलले लेखन र व्यवहारमा उस्तै रहेका कवि आचार्यको पुस्तकले जनयुद्धकाे चित्रण गरेकाे बताए । समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको पुस्तकलाई जनयुद्धकाे ऐनाकाे रुपमा लिन सकिने उनले बताए । ‘जनयुद्ध समाप्त भई शान्तिप्रक्रिया पछिको समाजको अवस्थाबारे आचार्यले अर्काे पुस्तक प्रकाशन गरी चित्रण गर्नु पर्छ अनी मात्र पुस्तकले पूर्णता पाउने छ’ उनले भने ।

प्राध्यापक निरा शर्माले साहित्यकाे एउटा विधा खण्डकाव्य रहेकाे तथा लोक लयमा आधारित जुनेली कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको बताइन् । जुनेली शाेषक र शासितकाे कथा समेत भएकाेले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गरिएकाे उनले बताइन् । ‘समाजमा वर्गका आधारमा रहेका शोषित र शोषक रहेका छन् । उनीहरुकाे कथालाई जुनेलीले बाेलेकाे छ’ उनले भनिन् ।

यसैगरी अर्का टिप्पणीकर्ता कमला बराइलीले कृतिले दलितहरुकाे अवस्था चित्रण गरेकाे बताइन् । उनले भनिन् समाजका हरेक तहमा दासत्वकाे अवशेष रहेकाेले अव त्यस्ताे स्वीकार गर्न नसकिने बताइन् । निवर्तमान बागमती प्रदेश सभा सदस्य प्रदीप वालाचनले जुनेलीका पात्रका चरित्रहरूमा आफैंलाई पाउने बताए। ‘जनयुद्धकाे समयकाे सामाजिक विषयवस्तुलाई लेखकले यसरी उल्लेख गर्दा गर्व लाग्छ’ उनले भने ‘नारीहरूको दिनचर्या, बेहोर्नुपरेका हिंसा, गोठाले जीवनको चर्चा पुस्तकमा रहेकाेले आफ्नै जीवन तथा घरको कथा जुनेलीले बाेलेकाे छ ।’

कार्यक्रममा साहित्यकार आचार्यले जुनेलीका केही काव्य वाचन गरेका थिए । जुनेलीकाे कथामा रहेर कलाकारहरु आईपी आचार्य नमस्ने दिवाकर पराजुली र इलिसा पराजुलीले नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षता तथा प्रगतिवादी लेखक नवराज शर्माको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य माननीय प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिका वडा नम्बर  ४ का अध्यक्ष नवीन सिग्देल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानलगायतको आतिथ्यता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट