रत्ननगर, ३० मंसिर ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर -१५ स्थित शान्ति टोल विकास संस्थामा नयाँ नेतृत्व चयन भएको छ । टोलको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।
त्यैसगरी संस्थाको उपाध्यक्षमा रमिला अर्याल, सचिवमा सन्तोषी भुजेल, कोषाध्यक्षमा सीता ढकाल, सदस्यहरुमा चन्चला भट्ट, शंकर खनाल, बिन्दा ढकाल, बिमला ढकाल र बिन्दु रुम्बा चयन भएका छन् । निवर्तमान अध्यक्ष रणबहादुर रानाको अध्यक्षता रहेको सो कार्यक्रममा वडाध्यक्ष आसिक तामाङ प्रमुख अतिथि थिए ।
६८ घरधुरी रहेको सो टोलमा विगतदेखि नै विभिन्न सामाजिक कामहरु हुँदै आएका छन् ।




