ई-क्यान चितवनमा दीपकचन्द्र भट्टराईको नेतृत्व

भरतपुर, ३० मंसिर ।
नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) चितवनको अध्यक्षमा दीपकचन्द्र भट्टराई विजयी भएका छन् । शुक्रबार भरतपुरमा सम्पन्न संघको सातौँ अधिवेशनले भट्टराईको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी कृष्ण कंडेललाई ४ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन् । ४८ मत मध्ये भट्टराईले २६ र कंडेलले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रज्वल पौडेल विजयी भएका छन् उनले आफ्ना प्रतिष्पर्धी केशवराज सेढाईलाई २ मतले पछि पार्दै विजयी भए । पौडेलले २५ र सेढाईले २३ मत प्राप्त गरे । सचिवमा सुजन थापा क्षेत्री २५ मत ल्याएर विजयी भएका छन् उनका प्रतिष्पर्धी ठाकुर रेग्मीले २३ मत प्राप्त गरे । कोषाध्यक्षमा लक्ष्मण कंडेलले २५ मत ल्याएर विजयी हुँदा सागर श्रेष्ठले २३ मतमै रहे । त्यसैगरी सदस्यहरुमा मेघराज कंडेल, डा. टंकप्रसाद ओझा, उज्वल आचार्य र सन्तोष लोहनी विजयी भएका छन् ।

निर्वाचित भैसकेपछि मन्तव्य राख्दै इक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईले इक्यानका सदस्यहरुबिच सुमधुर सम्बन्ध बनाउनका लागि अझै लागिपर्ने, शैक्षिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने, इक्यानका गतिविधिहरु विद्यार्थी र अभिभावकहरुसमक्ष लैजाने, इक्यानमा नयाँ सदस्यहरु जोड्ने, स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका योजनाहरु सुनाए ।

अध्यक्षमा विजयी भएका भट्टराईसँग यसअघि इक्यान चितवनको कोषाध्यक्ष र उपाध्यक्षमा एक एक कार्यकाल काम गरिसकेको अनुभव छ । नवनिर्वाचित इक्यान चितवनका पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार नै संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सपथ ग्रहण गराएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट