‘असहाय नागरिकको अभिभावक प्रदेश सरकार’ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, ३० मंसिर ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारीसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए ।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्रदेश सरकार स्थापना देखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यत्तम अन्तर्गत बजेट विनियोजन गर्दै आएको उनको प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोग स्वरुप लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ ।

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे ।

‘सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार’ : सामाजिक विकासमन्त्री मोक्तान

यसैगरीमासामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले रहेकाे बताएकी छिन् । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाहरुको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यम मार्फत् क्रियाशिल रहने उनले बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरे अनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अंग तयार रहनु पर्छ उनले भनिन् । प्रदेश सरकार मानव सेवा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान अघि बढिरहेको उनले बताइन् ।

आश्रममा आश्रित नागरिकहरुको विभिन्न समस्या समाधानमा प्रदेश सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएको र नागरिकता लगायतका विषयमा रहेका जटिलता हटाउन संघीय सरकारसंग नियमित छलफल तथा समन्वय भइरहेको उनले जानकारी दिइन् ।

‘राजनीतिक दल मानवतावादतर्फ केन्द्रीत हुनु पर्छ’–सभापति बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीतिक दलहरुको मानवतावाद तर्फ केन्द्रीत हुनु जरुरी भएको बताएका छन् ।

शनिबार हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै सभापति बानियाँले राजनीति पनि मानव सेवा कै लागि हुनु पर्नेमा जोड दिदैं राजनीतिक मुल्य र मान्यता अन्य वादहरुमा भन्दा पनि मानवतावादसँग जाेडिनु पर्ने बताएका हुन् । ‘मानव सेवा नै महान धर्म हाे । मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरु धर्मको आस्थाको केन्द्र भएपनि सबै धर्मको सार मानव सेवा नै रहेको छ’ उनले भने ।

मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश विश्वभर फैलिएको उनले बताए । ‘राज्यले गम्भीर ढंगबाट मानव सेवाको कामलाई अघि बढाउन जरुरी रहेको छ’ उनले भने ‘सडक मानव मुक्त देश निर्माण अभियानमा राज्यले आफ्ना योजनाहरु केन्द्रीत गर्नुपर्छ ।’  उनले मानवसेवा आश्रमको अभियानलाई सरकारले साथ दिदै देशकै ध्यान मानवतावाद तर्फ केन्द्रित हुनु पर्ने बताए ।

‘मानव सेवा आश्रमले हेटौंडालाई विश्वभर चिनाएकाे छ’ : उपप्रमुख बानियाँ 

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले मानव सेवा आश्रमले हेटौंडालाई विश्वभर चिनाएकाे बताएका छन् । शनिबार हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उपप्रमुख बानियाँले हेटौंडाबाट मानवताको सन्देश विश्वभर फैलिएकोले गरिमा बढेको बताए ।

मानवताको शहरको रुपमा हेटौडा चिनाउन भूमिका खेल्ने मानव सेवा आश्रम तथा संस्थापक अध्यक्ष रामजी अधिकारीलाई भएकाेले आश्रमको समस्या समाधनमा हेटौंडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने जानकारी दिए ।

पैसाले मात्र सबै कुरा किन्न पाईदैन भन्ने सन्देश आश्रम अध्यक्ष अधिकारीले सिकाएको बताउदै सबैलाई एकतावद्ध बनाउन सामाजिक कामले मात्र सकिने बताए । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गर्न जरुरी रहेको समेत बताए ।

सडक विस्तारको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको औल्याउदै उनले उचित निर्णय,निकास दिन आग्रह गरे । बारम्बर हेटौंडा बजार क्षेत्रको सडक विस्तारको नाममा जनता आतकिंत भएको भन्दै उनले तत्कालै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गरिदिन  प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट