विजयश्रीमा शुभकामना आदानप्रदान

गैंडाकोट, १८ वैशाख । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नववर्ष २०८० र १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । विजय विकास स्रोत केन्द्र गैंडाकोटको सभाहलमा सोमबार सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षता गरेका हुन् । कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष श्रीराम सुवेदीले […]
जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेलः विगततिर पदयात्रा’ सार्वजनिक

काठमाडौँ, १८ वैशाख । जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेलः विगततिर पदयात्रा’ को सार्वजनिक भएको छ । पुस्तकको शनिबार केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच बिमोचन गरेका थिए। सबैको साझा भविष्य पृथ्विमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तकमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन-तेल मार्गको यात्राका अनुभव लेखेका छन् । पुस्तकमाथि बोल्दै […]
नेपाल र यूएईको खेल मंगलबार अहिलेकै अवस्थाबाट हुने

काठमाडौँ, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाका कारण सोमबार पूरा हुन सकेन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित बनेको थियो । तर […]
मौलाकाली केबुलकारको औपचारिक उद्घाटन

गैंडाकोट, १८ वैशाख । मौलाकाली केबुलकार औपचारिकरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गैंडाकोटमा रहेको मौलाकाली केबुलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबुलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गरे । उनले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध […]
रविलाई संसदीय दलको नेता चयन गर्ने रास्वपाको निर्णय

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सभापति लामिछानेलाई सर्वसम्मतरूपमा नेता चयन गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई आजै बस्ने संसदीय दलको अर्को बैठकले अनुमोदन गर्ने प्रवक्ता डा. मुकुल ढकालले […]
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री

भरतपुर, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् । उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने […]
प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड

भरतपुर, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” […]
२०८० वैशाख १८ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
२०८० वैशाख १७ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
८ वर्षपछि तातोपानी नाका सञ्चालनमा

भरतपुर, १८ वैशाख । सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात […]
साइकल चढेका पुष्कर शाहले घण्टीघरमा प्रवेश पाएनन्

काठमाडौं, १८ वैशाख । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् –‘झ्याँक्ने साइकले जिन्दगी !’ सोमबार बिहानै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वसुन्धरा पुगेका शाहले आफूलाई रास्वपाका उपसभापति डीपी अर्यालले चिया पिउने निम्तो दिएकोले साइकल चढेर कार्यालय पुग्दा सुरक्षागार्डले भित्र प्रवेश नदिएको लेखेका छन् । रास्वपा कार्यालय घण्टीघरमा […]
रास्वपाको केन्द्रीय र संसदीय दलको बैठक बस्दै

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आज २ वटा महत्वपूर्ण बैठक बस्दैछन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार विहान ११ बजे केन्द्रीय कार्यसमिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्दै छ । आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ । नागरिकता विवादको मुद्दामा दोषी ठहर भएर […]
साहित्य यात्रा गर्दै रारामा ४ कृति विमोचन

भरतपुर, १८ वैशाख । काठमाडौंबाट साहित्य यात्रामा निस्केको टोलीले रारामा पुगेर कृति विमोचन गरेका छन् । प्राकृतिक छ्टाले भरिपूर्ण सुन्दर चुचेमारा हिमाललाई साक्षी राखी रारा तालको आँगनमा पुस्तक विमोचन गरिएको हो । चार जना स्रष्टाका चार वटा कृति विमोचन भएका हुन् । रुद्र अधिकारीको मुक्तक सङ्ग्रह `शून्य गगन´, विष्णु थापा विछोडको मुक्तकसङ्ग्रह `जीवनको लय´ , लव खड्का जय […]
नेपालमा अझै तीन दिन पानी पर्ने

भरतपुर, १८ वैशाख । नेपालमा अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको […]
रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रचण्ड

भरतपुर, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन् । चितवन आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भए आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताए । यसअघि रास्वपाले न्यूनतम साझा कार्यक्रमबाट ‘भ्रष्टाचारका फाइल खोल्ने’ आफ्ना बुँदा हटाइएको भन्दै सरकारलाई दिएको समर्थन […]
आफ्नो सरकार पाँचै वर्ष टिक्ने प्रचण्डको दाबी

भरतपुर, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनसहितको यो सरकार पूरै समय निरन्तर रहने जनाउँदै गठबन्धन टुट्ने र सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको भन्दै […]
इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु
गैंडाकोट, १८ वैशाख । गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए । स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार […]
सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने […]