आफ्नो सरकार पाँचै वर्ष टिक्ने प्रचण्डको दाबी

भरतपुर, १८ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनसहितको यो सरकार पूरै समय निरन्तर रहने जनाउँदै गठबन्धन टुट्ने र सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

‘केपी ओलीजी पुर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन । त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरू रहेछन्, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट