साइकल चढेका पुष्कर शाहले घण्टीघरमा प्रवेश पाएनन्

काठमाडौं, १८ वैशाख ।
विश्व साइकल यात्री पुष्कर शाहले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् –‘झ्याँक्ने साइकले जिन्दगी !’
सोमबार बिहानै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वसुन्धरा पुगेका शाहले आफूलाई रास्वपाका उपसभापति डीपी अर्यालले चिया पिउने निम्तो दिएकोले साइकल चढेर कार्यालय पुग्दा सुरक्षागार्डले भित्र प्रवेश नदिएको लेखेका छन् ।

रास्वपा कार्यालय घण्टीघरमा साइकल निषेध भएको भन्दै प्रवेश नदिएको तर,गाडी र मोटरसाइकल भने भित्रै पार्किङमा देखिएको गुनासोसमेत गरेका छन् ।

विश्व साइकल यात्री शाहले ‘घण्टीघरको कथा’ भन्दै सामाजिक सञ्जालमा आफनो र रास्वपा कार्यालय देखिनेगरी तस्वीर खिचेर सञ्जालमा लेखेका छन्, ‘माननीय डिपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चियागफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नुपर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घण्टी घर वसुन्धारा पुगेँ ।’

शाहले कथा अझै अगाडि थपेका छन्–‘पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नुभो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रहेछ । मैले त्योबारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डीपी अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्कें । झ्याँक्ने साइकले जिन्दगी !’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट