इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु

गैंडाकोट, १८ वैशाख ।
गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उनले बताए ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा थारु बेपत्ता भएका थिए । स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारुलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले उल्लेख गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट