गैंडाकोट, १८ वैशाख ।
विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नववर्ष २०८० र १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । विजय विकास स्रोत केन्द्र गैंडाकोटको सभाहलमा सोमबार सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षता गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष श्रीराम सुवेदीले कर्मचारी क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए । कार्यक्रममा लेखा सुपरिवेक्षण विष्णुप्रसाद सापकोटा र सहकारीकर्मी गोपालप्रसाद गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
वि.सं. २०७९ पुस २३ गते गैंडाकोटमा रहेका दुई संस्था किसान उपभोक्ता सहकारी र विजयश्री उपभोक्ता सहकारी बीच एकीकरण भई विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडको नामबाट सञ्चालनमा आएको छ । संस्था एकीकरणपश्चात् करिब ९०० जना शेयर सदस्यको ८ करोड शेयर पूँजी परिचालनमा रहेको र हाल ६ ओटा मार्टहरू गैंडाकोट नगरपालिकाभित्र सञ्चालनमा आएको संस्थाका सचिव गोविन्द रिमालले जानकारी दिए । केही समयभित्रै कावासोती र देवचुलीका विभिन्न स्थानमा मार्ट सञ्चालनमा ल्याउने जानकारी रहेको संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले जानकारी दिए ।
कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य र कर्मचारीहरू सहभागी थिए ।





