काठमाडौं, १८ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आज २ वटा महत्वपूर्ण बैठक बस्दैछन् ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार विहान ११ बजे केन्द्रीय कार्यसमिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्दै छ । आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ ।
नागरिकता विवादको मुद्दामा दोषी ठहर भएर लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि उनले शनिवार नै राजीनामा दिएका छन् ।
बैठकले सरकारमा सहभागिताको बारेमा पनि निर्णय गर्नेछ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए ।





