खुल्यो अमेरिकी डीभीको आवेदन

काठमाडौं, २० असोज । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहनेछ । यसपटक स्पोन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेछ । दूतावासका अनुसार आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर […]

नारायणगढ – मुग्लिङ सडकखण्डमा उत्तिकै जोखिम, अवस्था बुझेर यात्रा गर्न सडक डिभिजनको अनुरोध

भरतपुर, २० असोज । नारायणगढ – मुग्लिङ सडकखण्डमा बिहीबार दुईपटकसम्म यातायात आवतजावत बन्द भयो । भरतपुर महानगरपालिका-२९ केराबारी नजिकैको माैरी पुल तथा सत्रकिलोमा लेदोसहितको पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो । पहिरो हटाएर अहिले भने यातायात दुईतर्फीरूपमा सञ्चालनमा छ । अत्यधिक वर्षाकाे कारण माथिबाट लेदो खसेर यस सडकखण्ड अबरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय […]

लेदो खसेर नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

भरतपुर, २० असोज । नारायणगढ – मुग्लिङ सडकखण्डमा पुनः यातायात आवतजावत अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका-२९ केराबारी नजिकैको माैरी पुलमा लेदोसहितको पहिरो खसेर बाटो अवरुद्ध बनेको हो । अत्यधिक वर्षाकाे कारण माथिबाट लेदो खसेर बिहीबार बिहान पनि यो सडकखण्ड अबरुद्ध बनेको थियो । तीन घण्टापछि सञ्चालनमा आएको यस सडकखण्ड अपरान्ह ४:०० बजेदेखि पुनः अवरुद्ध […]

नारायणगढ – मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा

भरतपुर, २० असोज । नारायणगढ–मुग्लिङ सडकखण्डमा गाडी चल्न थालेका छन् । लेदो सहितको पहिरो खस्दा बिहीबार बिहानदेखि यस सडकखण्डमा यातायात अवरुद्ध भएको थियो । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेर बिहान ८:३० बजेदेखि दुईतर्फी रूपमा यातायात आवागमन बन्द भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएर ११:३० बजेदेखि यातायात आवागमनलाई सहज बनाइएको […]

हेटौंडाबाट बिरगंज जाँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

हेटौँडा, २० असोज । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जनाको चुरेहिल अस्पताल तथा अर्का एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान […]

सन्दीपलाई विमानस्थलबाट गौशाला प्रहरी वृत्तमा लगियो

काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन् । उनलाई विमानस्थलबाट जाहेरी परेको गौशाला बृतमा लगेर अनुसन्धान थालिने प्रहरीको भनाई छ । […]

सत्रकिलोमा पहिरो खसेर नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, २० असोज । नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका-२९स्थित सत्रकिलो भन्ने स्थानमा पहिरो खस्दा बिहीबार बिहान ८:२० बजेबाट यो सडकखण्ड अवरुद्ध बनेको हो । बुधबार रातिदेखि चितवन र आसपासका क्षेत्रमा भारी वर्षा भैरहेको छ । अविरल बर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसेर दुवैतर्फ बाटो अवरोध भएको हो । एक्जाभेटरको सहायताले […]

नारायणीमा पानीको तह सतर्कतातहभन्दा माथि, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

त्रिवेणी, २० असोज । २ दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह सतर्कतातहभन्दा माथि पुगेको छ । नारायणीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका […]

तीनजनाले पाउने भए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

भरतपुर, २० असोज । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा क्यारोलिन बर्टोजी, मोर्टेन मेल्डल र के बेरी शार्पलेसलाई प्रदान गरिने भएको छ । द रोयल स्वेडिश एकेडेमी अफ साइन्सेजले बर्टोज्जी, मेल्डल र शार्पलेसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । एकेडेमीले जनाए अनुसार क्लिक केमिस्ट्री र बायोर्थोगोनल केमिस्ट्रीको विकासका लागि उनीहरुलाई रसायनशास्त्रतर्फको नोबेल […]

चितवनमा भारी वर्षा, नारायणीमा जलसतह सतर्कतातह नजिक

भरतपुर, २० असोज । चितवनसहित देशका विभिन्न ठाउँमा अहिलेसम्म पनि पानी परिरहेको छ । चितवनमा मंगलबार र बुधबार सामान्य वर्षा भए पनि बुधबार रातिदेखि भारी मात्रामा पानी परिरहेको छ । आज असोज २० गते बिहीबार बिहान ४ बजे नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मिटर)नजिक पुगेको र यो बढ्दो क्रममा रहेको […]

सन्दीप आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

भरतपुर, २० असोज । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहीबार बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । ‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले […]