लेदो खसेर नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

भरतपुर, २० असोज ।
नारायणगढ – मुग्लिङ सडकखण्डमा पुनः यातायात आवतजावत अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका-२९ केराबारी नजिकैको माैरी पुलमा लेदोसहितको पहिरो खसेर बाटो अवरुद्ध बनेको हो ।

अत्यधिक वर्षाकाे कारण माथिबाट लेदो खसेर बिहीबार बिहान पनि यो सडकखण्ड अबरुद्ध बनेको थियो । तीन घण्टापछि सञ्चालनमा आएको यस सडकखण्ड अपरान्ह ४:०० बजेदेखि पुनः अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरकाे टोलीले पहिरो हटाएर यातायात आवतजावतलाई निरन्तरता दिने प्रयास गरिरहेको छ । पानी परिरहेको र लेदो खस्ने क्रम नरोकिएकोले तत्काल यातायात सञ्चालनमा ल्याउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरका शरदबाबु पराजुलीले कायाकैरनलाई बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट