हेटौँडा, २० असोज ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जनाको चुरेहिल अस्पताल तथा अर्का एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।
घाइतेहरुमध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ ।मृतकमध्ये ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब एक सय मिटर तलखस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते र ज्यान गुमाएकाहरूको पहिचान हुन बाँकी छ ।





