सत्रकिलोमा पहिरो खसेर नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, २० असोज ।
नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका-२९स्थित सत्रकिलो भन्ने स्थानमा पहिरो खस्दा बिहीबार बिहान ८:२० बजेबाट यो सडकखण्ड अवरुद्ध बनेको हो ।

बुधबार रातिदेखि चितवन र आसपासका क्षेत्रमा भारी वर्षा भैरहेको छ । अविरल बर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसेर दुवैतर्फ बाटो अवरोध भएको हो । एक्जाभेटरको सहायताले पहिरो हटाउने काम भइरहे पनि पानी परिरहेको कारणले थप पहिरो खसेर पहिरो हटाउन समस्या परिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो अवरुद्ध बनेपछि अहिले दुबैतर्फ गाडी रोकिएका छन् । दशैं मानेर र मनाउन हिँडेका यात्रु बीचैमा अलपत्र परेका छन् । पानी पर्ने क्रम नरोकिएकोले यात्रुले थप सास्ती बेहोर्नुपरेको छ । प्रहरीले यात्रा गर्नैपर्ने अवस्थामा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
तस्बिर सौजन्य : किरण सापकोटा

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट