भरतपुर, २० असोज ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा गाडी चल्न थालेका छन् । लेदो सहितको पहिरो खस्दा बिहीबार बिहानदेखि यस सडकखण्डमा यातायात अवरुद्ध भएको थियो । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेर बिहान ८:३० बजेदेखि दुईतर्फी रूपमा यातायात आवागमन बन्द भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएर ११:३० बजेदेखि यातायात आवागमनलाई सहज बनाइएको छ । अहिले १:४० बजे ट्राफिक प्रहरीबाट कायाकैरनलाई प्राप्त जानकारी अनुसार यस सडकखण्डमा गाडी चलिरहेका छन् ।





