सन्दीपलाई विमानस्थलबाट गौशाला प्रहरी वृत्तमा लगियो

काठमाडौं, २० असोज ।
बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन् । उनलाई विमानस्थलबाट जाहेरी परेको गौशाला बृतमा लगेर अनुसन्धान थालिने प्रहरीको भनाई छ ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।
सन्दीपले समर्थन, विश्वास, विश्वास र आलोचनात्मक टिप्पणीहरूलाई आफ्नो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको बताएका छन् । उनले आफू षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको भन्दै नेपालको कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् ।

“ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु । छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु ।” उनले भनेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट