भरतपुर, २० असोज ।
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा क्यारोलिन बर्टोजी, मोर्टेन मेल्डल र के बेरी शार्पलेसलाई प्रदान गरिने भएको छ ।
द रोयल स्वेडिश एकेडेमी अफ साइन्सेजले बर्टोज्जी, मेल्डल र शार्पलेसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।
एकेडेमीले जनाए अनुसार क्लिक केमिस्ट्री र बायोर्थोगोनल केमिस्ट्रीको विकासका लागि उनीहरुलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।





