तमु समाज राप्तीद्वारा प्रहरी निरीक्षक कुमार गुरुङ सम्मानित

राप्ती, १४ जेठ । पूर्वी चितवन तमु समाजले प्रहरी निरीक्षक कुमार गुरुङलाई सम्मान गरेको छ । गुरुङ यही वैशाख १ गते ईलाका प्रहरी कार्यालयमा प्रहरी प्रमुखको रुपमा आएका थिए । जेठ २ गते परेको बुद्ध जयन्तिको अवसरमा गरिने भनेको सम्मान कार्यक्रमलाई शनिबार गरिएको हो । समग्र गुरुङ जातिको पहिचान र इज्जत बनेर जनताको लागि अहोरात्र […]
नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाइयो

चितवन, १४ जेठ । नारायणघाट-मुग्लिन सडकखण्डको तोपेखोलामा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ७:१५ बजे बाटो खुला भएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने सडक खण्डमा दिउँसो सुख्खा पहिरो खस्दा गुडिरहेका दुई वटा गाडि पुरिएका थिए । यात्रु सवार गाडीमा पहिरो खसेपनि […]
मुग्लिङ नजिकै गुडिरहेका २ गाडीमा पहिराे खस्याे, केही घाइते

भरतपुर, १४ जेठ नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६, टाेपेखोलामा पहिराे खस्दा गुडिरहेको दुईवटा गाडी पुरिएका छन् । मुग्लिनबाट नारायणगढतर्फ गैरहेको ग १ ख ९९०९ नं.को यात्रुवाहक हायस बस र प्रदेश ३ ०१ ०२३ च ०५३५ नं. को कारमाथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो । यात्रु सवार गाडीमा पहिरो खसे पनि ठूलाे मानवीय […]
नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा एक जना घाइते, बाटाे अवरुद्ध,

भरतपुर, १४ जेठ । मुग्लिन -नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउपालिका – ६ नाग्दि खोलामा सुख्खा पहिरो खस्दा बलेरो गाडीमा सवार एकजना घाइते भएका छन । आज साढे पाँच बजे खसेको पहिरोमा परी एक व्यक्ती घाइते हुनुको साथै मुग्लीन नारायणगढ सडक दुबैतर्फ अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि भरतपुर […]
कायाकैरनकर्मी लेखराम सापकाेटालाई युवा वाङ्मयी पुरस्कार

भरतपुर, १४ जेठ । कविडाँडा राष्ट्रिय युवा वाङमयी प्रतिभा पुरस्कार २०७९ बाट कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक लेखराम सापकोटा सम्मानित भएका छन् । कविडाँडा साहित्य समाजको २०औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई सम्मान गरिएको हो । कायाकैरन दैनिक, कायाकैरन डटकम र सम्पूर्ण किताबका माध्यमबाट नेपाली साहित्य, कला र पठन संस्कृतिको विकासमा योगदान पुर्याएको भन्दै सापकोटालाई सम्मान […]
बजेट जेठ १५ गते ४ बजे संसदमा प्रस्तुत हुने

काठमाडौंँ, १४ जेठ । आर्थिक वर्ष २०७९÷८० को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट अपरान्ह ४ बजे संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि?

काठमाडौँ, १४ जेठ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी […]
शिक्षणविधि सुधारका लागि चितवनबाट अभियान सुरु

भरतपुर, १४ जेठ । चितवनबाट शिक्षण विधि सुधारका लागि अभियान सुरु भएको छ । राष्ट्रिय शैक्षिक बहस कार्यक्रम गर्दै शैक्षिक संस्थाहरुले शिक्षण विधिबारे सुझाव संकलन सुरु गरेका हुन् । सरस्वती केन्द्र नेपाल, रत्ननगर–१० न्यू स्पिडि बोर्डिङ स्कुल, गैडाकोटको अक्सफोर्ड सेकेण्डरी स्कुल तथा अक्सफोर्ड कलेज, बेटर नेपाल चितवनले शिक्षण विधिबारे बहस चलाउन थालेका छन् । शनिबार […]
महिनावारी स्वच्छता दिवसमा फोटो प्रतियोगिता हुँदै

भरतपुर, १४ जेठ । आगामी सन् २०३० सम्ममा महिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने नाराका साथ आज मे २८ का दिन विश्व महिनावारी स्वच्छता दिवस मनाइँदैछ । यसैक्रममा भद्रकुमारी आधारभूत विद्यालय भरतपुर-५, गुलाफबाग, चितवनले एक साताको प्याड च्यालेन्ज फोटो प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रमको मूल उदेश्य समाजमा महिनावारी स्वच्छता र सेनेटरी प्याडको प्रयोग बारे सचेत […]
नागरिकताको समस्या तत्काल समाधान गरौँ : अध्यक्ष यादव

काठमाडौँ, १४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर […]
संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि…

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध […]
सामाजिक अभियन्ता सरोज भण्डारीद्वारा ३ जना विद्यार्थीको अभिभाकत्व ग्रहण

रत्ननगर, १४ जेठ । रत्ननगरका ३ जना विद्यार्थीको अभिभावकत्व सामाजिक अभियन्ता सरोज भण्डारीले ग्रहण गरेका छन् । रत्ननगर नगरपालिका–११ जिरौना घर भएका जेनिशा दराई, रिदम दराई र सलिना परियारको अभिभावकत्व सामाजिक क्षेत्रमा काम गर्दै आएका सरोज भण्डारीले गरेका हुन् । उनीहरुलाई एक वर्ष विद्यालयमा लाग्ने सबै खर्च भण्डारीले व्यहोर्ने जानकारी दिए । उनीहरुलाई रत्ननगर १२ […]
पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख, १४ जेठ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई […]
स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्छ: थापा

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे । अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै सांसद थापाले व्यापार घाटा बढेकाले […]
प्रदेश र संघको चुनाव मंसिरभित्र हुनुपर्छ: पौडेल

काठमाडौं, १४ जेठ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’ पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई […]
२५ वर्षअघि एक शिक्षकले गरेका ती घृणित हर्कत

भरतपुर, १४ जेठ यौनजन्य दुर्व्यवहारका घटनाहरू एकपछि अर्को बाहिरिरहेको बेला भरतपुरको एक प्रतिष्ठित अंग्रेजी स्कुलका पूर्वविद्यार्थीहरूले वर्षौंअघि आफूहरूमाथि श्रृंखलाबद्धरूपमा भएका दुर्व्यवहार बाहिर ल्याएका छन् । २०५८ सालमा भरतपुरको सनराइज इङ्लिस स्कुलबाट एसएलसी परीक्षा दिएका विद्यार्थीहरूले त्यसबेला एक शिक्षकले आफूहरूमाथि गरेको यौनजन्य दुर्व्यवहार सम्झिँदा पनि झसङ्ग हुने गरेको सुनाएका छन् । उनीहरूले त्यसबेला उक्त स्कुलका सहायक […]
दुई वटा ट्रक आपसमा ठोक्किँदा चालक घाइते

भरतपुर, १४ जेठ । मुग्लिन नारायणगढ सडक खण्डमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । शनिबार बिहान करिब ६ बजेतिर उक्त दुर्घटना भएको हो । मुग्लिङबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ७८०४ र विपरीत दिशातर्फ गइरहेको लु २ ख ५६५४ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणगढ सडकखण्डको ३ नम्बर पूलमा एकापसमा ठोक्किएका हुन् […]