रत्ननगर, १४ जेठ ।
रत्ननगरका ३ जना विद्यार्थीको अभिभावकत्व सामाजिक अभियन्ता सरोज भण्डारीले ग्रहण गरेका छन् । रत्ननगर नगरपालिका–११ जिरौना घर भएका जेनिशा दराई, रिदम दराई र सलिना परियारको अभिभावकत्व सामाजिक क्षेत्रमा काम गर्दै आएका सरोज भण्डारीले गरेका हुन् । उनीहरुलाई एक वर्ष विद्यालयमा लाग्ने सबै खर्च भण्डारीले व्यहोर्ने जानकारी दिए ।
उनीहरुलाई रत्ननगर १२ सालघारी स्थित पञ्चदीप आधारभूत प्राथमिक विद्यालयमा क्रमश: कक्षा २, ४ र ५ अध्ययन गरिरहेका छन् ।
“विद्यालयमा आवश्यक शैक्षिक सामग्री, पोशाक, दिवा खाजालगायत सबैखाले सहयोग गरेका छौँ”, क्लिन चितवन ग्रीन चितवन वेटर चितवनका अभियन्ता समेत रहेका भण्डारीले भने ।
उनी आफै घरमा पुगेर ति बालबालिकालाई आवश्यक सहयोग समेत प्रदान गरेको जानकारी दिए । विगतमा पनि उनले धेरै विद्यार्थीहरुलाई सहयोग गरेका थिए ।





