चितवन, १४ जेठ ।
नारायणघाट-मुग्लिन सडकखण्डको तोपेखोलामा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ७:१५ बजे बाटो खुला भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने सडक खण्डमा दिउँसो सुख्खा पहिरो खस्दा गुडिरहेका दुई वटा गाडि पुरिएका थिए ।
यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन । केही यात्रु सामान्य घाइते भएको र उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ।




