भरतपुर, १४ जेठ ।
मुग्लिन नारायणगढ सडक खण्डमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । शनिबार बिहान करिब ६ बजेतिर उक्त दुर्घटना भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ७८०४ र विपरीत दिशातर्फ गइरहेको लु २ ख ५६५४ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणगढ सडकखण्डको ३ नम्बर पूलमा एकापसमा ठोक्किएका हुन् ।
ठक्करबाट ट्रक चालक जिल्ला झापा बुद्धशान्ति ३ स्थायी घर भएका वर्ष ४० का मनोज धिमाल घाइते भएका छन् । धिमालको खुट्टामा गम्भिर चोट लागेको छ । उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था मध्यम छ। त्यस्तै अर्का ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीले बताए । दुबै ट्रक घटनास्थलमा नै रहेको र बाटो एकतर्फी सञ्चालनमा रहेको पनि उनले बताए ।





